News


New Internet protocol to boost Infoblox revenue in 2013






(Reuters) - Network automation company Infoblox Inc expects the widespread adoption of the latest Internet protocol, which regulates Internet addresses, to drive revenue growth significantly toward the end of 2013, its chief executive said.
"As the adoption of IPv6 grows, that will definitely drive more business for us," CEO Robert Thomas told Reuters, but added that the adoption will be somewhat slow over the next few months.
Infoblox's automation products help manage Internet addresses to save time and reduce human error.
The U.S. government had set a deadline of September 30 for federal agencies to adopt IPv6, the new Internet Protocol (IP) that allows for far more addresses to be assigned than is possible with the previous standard, IPv4.
But most federal agencies likely missed that deadline, according to a recent report by the National Institute of Standards and Technology.
Europe and Asia have both run out of IPv4 addresses and the United States will run out sometime in the middle of next year, Thomas said, adding that managing IPv6 addresses without automation would not be possible.
Infoblox, which competes with Alcatel-Lucent SA and Toronto-based BlueCat Networks, and currently holds 40 percent of the IP management market, has been gaining market share from both these competitors, Thomas said.
Alcatel-Lucent declined to comment for this article, while BlueCat Networks could not be immediately reached for a comment.
Thomas, Infoblox's CEO of eight years, said the company had not seen dramatic growth in Europe over the last several quarters, and does not expect the region to grow too much over the next two or three quarters.
The company, which gets a quarter of its total revenue from Europe, is now looking to the Asia-Pacific region, eastern European countries and Turkey to help offset slow growth in the rest of Europe.
Infoblox's revenue for fiscal 2012 ended July 31 was $169.2 million. The company had last month said it expects 2013 revenue of between $195 million and $202 million.
Infoblox, which has a market value of about $927 million, has about 5900 customers including Boeing Co,Caterpillar Inc, Vodafone Group PLC, Verizon Communications Inc and AT&T Inc.
The company, which currently has 531 employees, will hire at least 100 more by July 2013.
Shares of Infoblox, which listed on the New York Stock Exchange in April at $16, closed at $20 on Thursday. (Additional reporting by Sayantani Ghosh in Bangalore; Editing by Supriya Kurane)






 ४१ मेगा पिक्सेलको क्यामेरा 






पत्याउनु हुन्छ ? बजारमा अधिकतम २१ मेगापिक्सेलका क्यामेरा उपलब्ध छन् । क्यामेरा उत्पादक कम्पनीलाई समेत उछिन्ने मोवाइल उत्पादक हो नोकिया । मोवाइललाई फोनका रुपमा युज गर्नेकी क्यामेराको रुपमा । दुवै काम गर्ने एउटै डिभाइस तपाइको हातमा छ ।
सन १९९८ देखि १४ बर्ष निरंतर विश्व बजारमा नम्बर एक रहेको मोवाइल कम्पनीलाई सन २०१२ को एउटा तथ्यांकले झड्का लगायो । उसको बजारमा एकाधिकार तोडेर नम्बर एकमा आयो कोरियाली कम्पनी सामसङ् । गुम्दै गएको बजारलाई आफ्नो पक्षमा तान्न ठूलो क्षमताको क्यामेरा जडान गरेर उसले लुमिया ८०० प्योर भ्यु बजारमा उतारेको छ ।

नेपाली बजारमा भर्खर प्रवेश पाएको यसले उपभोक्तामा तरंग ल्याएको विक्रेताको दावी छ । मोवाइल सेटमा ४१ मेगा पिक्सेलको क्यामेरा । सेट हातमा नलिइ पत्याउन गाह्रो पर्छ । राजधानीको न्युरोडस्थित भर्जिन मोवाइल सोरुममा भेटिएका किशोर केसीले मोवाइलमा जोडिएको क्यामेराको क्षमता सुन्दा जिब्रै टोके । सजिलै पत्याउन गाह्रो हुने यो सेटले प्रयोगकर्तालाई कति सन्तुष्ट बनाउछ, हेर्न बाकी नै छ । यसमा जडान गरिएको क्यामेरा भने मोवाइल फोनको दुनियामा आफैमा एउटा रेकर्ड हो । मोवाइलका सौखिनहरुलाई डिजिटल क्यामेरासमेत बोक्नु नपर्ने गरी जडान गरिएको यो मोवाइबारे धेरैले चासो राखेको भर्जिनका किरण श्रेष्ठ बताउछन् । स्मार्ट फोनको बजारमा निकै चर्चामा रहका आइफोन, ग्यालेक्सी एस थ्रीलाई धेरै पछि छाड्दै नोकियाले यो मोवाइलमा यति क्षमताको क्यामेरा जडान गरेको हो । बजारमा अधिकतम १२ मेगापिक्सेलका क्यामेरा भएका मोवाइल छन् ।

त्यतिमात्र कहा हो र ? चर्चित क्यामेरा डिजिटल क्यामेरा उत्पादक कम्पनीहरु निकोन, क्यानन, सोनीले समेत यतिधेरै मेगापिक्सेलको फोटो खिच्नसक्ने क्यामेरा बजारमा उतारेका छैनन् । न्युरोडस्थित क्यामेरा स्टोरका संचालक विकास अग्रवालका अनुसार उनीकहा निकोनका साना क्यामेरा १६ मेगापिक्सेल र एसएलआर २१ मेगापिक्सेलका मात्र छन् । न्युरोडकै सोनी क्यामेरा विक्रेता न्युअमर इम्पेक्सका भरत श्रेष्ठ अधिकतम १८ मेगापिक्सेलका सोनी क्यामेरा बजारमा रहेको बताउछन् ।
जति मेगापिक्सेलको क्यामेरा छ, त्यसले खिचेको फोटो त्यति स्पस्ट हुन्छ । यसलाई जुम गरेर फोटोका सानाभन्दा साना कुरालाई समेत ठूलो पार्दै प्रस्टसग हेर्न सकिन्छ । फोटोलाई ठूलो पार्दा च्यातिने डर हुदैन । बेस्ट सेलिङको ताज गुमाए पनि बेस्ट बिजनेस, बेस्ट गेमिङ फोनको चिनारी कायमै राखेको नोकिया बेस्ट क्यामेरा फोनमा समेत चिनिएको छ । यसको क्यामेरामा १÷१.२ सेन्सर छ, जसले मानिसको फेसलाई चिन्नसक्छ । यसको डिजिटल जुमले ४ गुनासम्म टाडाको तस्बिरलाई तानेर जस्ताको तस्तै (लसलेस) उतार्न सक्छ । यसको अग्रभागमा समेत भिजिए क्यामेरा भएकाले भिडियो कल गर्न सकिन्छ ।

यसमा एमोलेड ४ इन्चको टचस्क्रिन छ । यसको रिजोल्युसन ६४० गुणा ३६० पिक्सेल छ । स्क्रिनमा गोरिल्ला ग्लास भएकाले हत्तपत्त फुट्दैन । सिंगल कोर १.३ गिगाहर्ज प्रोसेसरयुक्त सेटमा एआरएम ११ सिपीयु र ५ सय १२ एमबीको ¥याम भएकाले चलाउन छिटो छ । आन्तरिक रुपमा १६ जिविको मेमोरी भएको सेटलाई ३२ जिवीसम्म विस्तार गर्न सकिन्छ । हार्डडिस्क भएको माइक्रो एचडिएमआइ पोर्ट भएकाले यसलाई सिधै टिभीमा जोडेर तस्बिर र भिडियो हेर्न सकिन्छ । डिजिटल कम्पास, ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) भएकाले यसले कतै जान बाटो देखाउने काम गर्छ । स्मार्ट भ्वाइस कलिङ सिस्टम भएकाले आवाजबाट निर्देशन दिन सकिन्छ । एक्टिभ न्वाइज क्यान्सिलेसन सिस्टम भएकाले भिडबाट कसौलाई फोन गर्दा रिसिभ गर्नेले भिडबाट निस्केको आवाज सुन्दैन । लगातार कुरा गर्दा टुजी नेटवर्कमा ११ घन्टा र थ्रीजीमा करिव ७ घण्टा टिक्ने १ हजार ४ सय एम्पिएरको ब्याट्री छ । यसले ४ सय ६५ घण्टासम्म फोनलाई स्यान्डबाइ राख्ने कम्पनीको दावी छ ।

नोकियाको सिम्बीयन अपरेटिङ सिस्टम (ओएस) बेलीको फिचर प्याक १ यसमा प्रयोग भएको छ । सिम्बियनको पछिल्लो भर्जन यसमा नोकियाले आइओएस, एन्ड्रोइडजस्ता बजारमा लोकप्रिय ओएससग प्रतिस्पर्धा गर्ने गरी केही नया फिचरहरु थपेको छ । यसमा इन्टरटेनमेन्ट अप्सन, पर्सनालाइजेसन च्वाइस र पर्फर्मेन्समा केही अध्यावधिक गरिएको छ । यसमा डल्बी डिजिटल साउन्ड छ, जसले गेम खेल्दा, संगीत सुन्दा, भिडियो हेर्दा छुट्टै अनुभूति हुन्छ । फोनलाई आफ्नोपनको अनुभूति दिन यसमा २० भन्दा बढी विड्जेट छन्, जसलाई आफ्नो अनुकूल हुने गरी स्क्रिनमा राख्न सकिछ । उच्चगतिको एचटिएमएल ५ सपोर्ट गर्ने नया ब्राउजर, नोकिया म्यापको लेटेस्ट भर्जन, माइक्रोसफ्टले भर्खरै बजारमा ल्याएका एप्लिकेसन्स (एप्स) यसमा उपलब्ध छन् ।

ठूलो क्षमताको क्यामेराले मोवाइल सेटलाई केही भद्दा बनाएको छ । सामान्य सेटभन्दा केही गह्रौं पनि छ यो । एन्ड्रोइडको जस्तो थर्ड पार्टी सफ्टवेयर नोकियाको ओएसमा उपलब्ध नहुने भएकाले प्रयोगकर्तालाई पूर्ण सन्तुष्टी नदिनसक्छ । माइक्रोसीम सपोर्ट गर्ने भएकाले नेपालका दुरसंचार कम्पनीले दिने सीम काट्न पसल चाहार्नु पर्ने अवस्था आउछ । यी सामान्य कमजोरी भए । चिन्ता नलिनुस, नेपाली बजारबाट करिव ५६ हजार तिरेर यो सेट किन्दा तपाईले शक्तिशाली क्यामेरा सगै पाउनु हुने छ । यसले तपाइलाई ‘टु इन वन’ को अनुभूति पक्कै दिनेछ ।
प्रस्तुती : लीलानाथ घिमिरे
lnghimire@gmail.com

No comments:

Post a Comment